२०८२ असार ३ मङ्गलबार

राशिफल

बारामा १ वृद्धको शव भेटियो

काठमाडौं : बारा कलैयामा एक वृद्धको शव फेला परेको छ।

शुक्रबार अपराह्नमा कलैया उपमहानगरपालिका ९ रामपुरस्थित अन्दाजी ७० वर्षीय अहमद मियाँको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए।

उनी आफ्नै गोठमा मृत फेला परेका हुन् । घटनास्थलमा प्रहरी निरीक्षकसहितको टोली खटिएका छन्।

प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।