२०८२ जेठ २९ बुधबार

राशिफल

शिक्षा र स्वास्थ्यलाई सेवाको रूपमा लिनुहोस् : बालेन शाह

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले स्वास्थ्य र शिक्षालाई व्यापारका रूपमा नभई सेवाका रूपमा प्रवाह गरिनुपर्नेमा जोड दिएका छन् ।

क्षत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवन अवलोकन तथा त्यहाँबाट प्रवाह भइरहेको सेवाको अनुगमनका क्रममा उनले बताएका हुन् ।

महानगर प्रमुख शाहले उक्त अस्पतालबाट असहाय, गरिब तथा आर्थिक अभाव भएकालाई निःशुल्क उपचारको ग्यारेन्टी गर्न पनि उक्त चिकित्सालयलाई निर्देशन दिए ।

“शिक्षा र स्वास्थ्य भनेको सरकारको प्राथमिक एजेन्डा हो । यसलाई सेवाकै रूपमा लिनुपर्छ, व्यापार हुनु हुँदैन भन्ने सोचले काम गर्नुस्,” उनले भने ।

आवश्यक पर्ने सहयोग गर्न आफू तयार भएको उनले बताए ।

स्वास्थ्य र सरसफाइमा कामपाले उच्च चासो दिएको बताउँदै महानगर प्रमुख शाहले यसका लागि नयाँ योजना तथा सल्लाह र सुझाव लिएर आउनेसँग सहकार्य गरिने प्रतिबद्धता पनि जनाए ।

अस्पताल प्रवेश गर्ने जोसुकै पनि अहिलेसम्म उपचारविहीन अवस्थामा फर्कनु नपरेको अस्पतालले जनाएको छ ।