काठमाडौं : दार्चुला शैल्यशिखर नगरपालिका–६ पनेबाज नजिकको धुरिसल्लोमा एक पुरुष मृत भेटिएका छन् ।
महाकाली लोकमार्गको गोकुलेश्वर–दार्चुला सडक खण्डको चैतलीचौर नजिक धुरिसल्लामा अन्दाजी ५५ वर्षका जयदेवसिंह धामी मृत फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार शुक्रबार बेलुकीदेखि हराएका धामी शनिबार बिहान स्थानीयले खोजी गर्दा मृत फेला परेका हुन् ।
आफ्नै घर जाने बाटो नजिक धामीको शव फेला परेको प्रहरीले जनाएको छ ।
शवको गोकुलेश्वर अस्पतालमा पोस्टमार्टम आफन्तलाई हस्तान्तरण गरिएको दार्चुला प्रहरीका सूचना अधिकारी लोकेन्द्र कार्कीले जानकारी दिए ।
शरीरमा कुनै पनि चोटपटक नरहेका धामीको मृत्यु कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रीया