काठमाडौं : अमेरिकामा बन्दुक आक्रमणका घटना बढ्दै गएपछि प्रदर्शन भएको छ । व्यक्तिले बन्दुक राख्न पाउने कानुनी अधिकारमा कडाइ गर्न मागसहित देशव्यापी प्रदर्शन भएको हो ।
अन्धाधुन्ध हुने गोली प्रहारका घटनाबाट निर्दोष नागरिकले ज्यान गुमाउने घटना बढेपछि कडा कानुनको माग गरी दशौँ हजार मानिस सडकमा ओर्लिएका बीबीसीले जनाएको छ । उनीहरुले ‘म बन्दुकको आक्रमणबाट बच्न चाहन्छु’ लेखिएका प्लेकार्ड बोकेका थिए ।
राष्ट्रपति बाइडेनले व्यक्तिगत बन्दुक राख्ने अधिकार कटौती सम्बन्धी कानुन संशोधनको विधेयक पास गर्न सांसदहरूलाई आह्वान समेत गर्नुभएको छ ।
तपाइँको प्रतिक्रीया