२०८२ असार १ आइतबार

राशिफल

प्रमुख कमाण्डर सहित ८ जना विद्रोहीको मृत्यु

काठमाडौं : उत्तरी तखार प्रान्तमा विद्रोहीका एक प्रमुख कमाण्डर सहित आठ विद्रोहीको मृत्यु भएको पुष्टि भएको तालिवान नियन्त्रित प्रशासनका प्रमुख प्रवक्ता जबिहुल्लाह मुजाहिदले उल्लेख गरेका छन् ।

तखारको प्रान्तीय राजधानी तालुकान शहरको पुलिस जिल्ला ४ मा गुप्तचर महानिर्देशनालयको विशेष अपरेसनको क्रममा, प्रमुख कमाण्डर युनुस उजबेकिस्तानी सहित आठ विद्रोही मारिएको र उनीहरू लुकेको ठाउँ शनिबार नष्ट गरिएको मुजाहिदले ट्वीट गरेका छन्।

यसैबीच, प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल मुबिन साफीले घटनाको पुष्टि गर्दै शनिबार दिउँसो तालुकान शहरमा भएको कारबाहीमा आठ सशस्त्र विपक्षी मारिएको र तीन जना घाइते भएको बताएका छन्।