काठमाण्डौं : गायिका अपेक्षा गिरीकोे नयाँ म्युजिक भिडियो बजारमा आएको छ । ‘बाँकी एउटा सपना’ बोलको नयाँ गीतलाई गिरीले शनिबार साँझ आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी हुन् ।
गायक टंक तिमिल्सिना र अपेक्षाको स्वर रहेको म्युजिक भिडियोमा उनीहरू दुईकै अभिनय देख्न सकिन्छ । गीतको शब्द, संगीत र एरेन्ज टंक तिम्सिनाले नै गरेका छन् ।
जीवन शाहीले निर्देशन गरेको भिडियोको सिनेम्याटोग्राफर उत्तम हुमागाईं छन्।
चितवनको भरतपुर– १३ उज्ज्वलनगरकी गिरीको यसअघि सोल्टिनी’, ‘हाम्रो माया गलत होकी सही’ र ‘परदेशी’ बोलका गीत बजारमा आइसकेका छन्।
तपाइँको प्रतिक्रीया