काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले गृह प्रशासन सधैँ मजदुरको पक्षमा उभिने प्रतिबद्धता व्यक्त गरे ।
गृहमन्त्री खाणले मजदुरलाई कसैले दुःख दिन नपाउने गरी शान्ति सुरक्षाको व्यवस्था गर्न सरकार सधैँ लागिरहने समेत बताए ।
आज आइतवारदेखि काठमाडौंमा सुरु भएको नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलनमा बोल्दै उहाँले मजदुरले सम्पर्क गरे शान्ति सुरक्षाका लागि गृह प्रशासन जतिखेर पनि तयार रहेको बताउनुभयो ।
कुनै पनि मजदुरलाई कसैले पनि दुःख दिन नपाउने उल्लेख गर्दै गृहमन्त्री खाणले उनीहरूको पक्षमा सरकार जहिले पनि उभिने बताए ।
उनले भने, ‘मजदुरको सुरक्षाका लागि, मजदुरको हकका लागि आवश्यक पर्यो भने गृह प्रशासन जहिलो पनि तयार रहन्छ ।
उद्योगी, व्यवसायीलाई पनि प्रोत्साहित गर्दै उनीहरूको व्यवसायको संरक्षण र प्रवर्द्धन गर्दै मजदुरको अधिकालाई प्राथमिकता दिनेछौँ ।
कुनै पनि श्रमिकलाई कसैले पनि दुःख दिन पाउँदैन । यदि मजदुरलाई कसैले पनि दुःख दियो भने सरकार, सुरक्षा निकाय, गृह प्रशासन मजदुरको पक्षमा उभिने विश्वास दिलाउन चाहन्छु ।’
तपाइँको प्रतिक्रीया