काठमाडौं : धनुषा प्रहरीले भन्सार छली गरेर ल्याएको लाखौँ मूल्य बराबरको कपडा तथा सुर्ती बरामद गरेको छ।
आइतबार दिउँसो करिब डेढ बजे जिल्ला प्रहरी कार्यालय धनुषा तथा इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरीको संयुक्त टोलीले उक्त समान बरामद गरेको हो।
विदेह नगरपालिका–४ स्थित सार्वजनिक सडकखण्डमा भारतबाट अवैध भन्सार चोरी निकासी गरी ल्याएका साडी, विमल सर्ट पेन्टको कपडा, उनी सल र सुर्ती बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
प्रहरीले ९ लाख १९ हजार ८ सय बराबरको सामान बेवारिसे अवस्थामा बरामद गरेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए।
बरामद गरिएको सामान आवश्यक कारबाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको छ।
तपाइँको प्रतिक्रीया