२०८२ असार ३ मङ्गलबार

राशिफल

आँबुखैरेनी सडकखण्ड पूर्ण रुपमा खुल्यो

काठमाडौं : पृथ्वी राजमार्गको मुग्लिन आँबुखैरेनी सडक खण्ड पूर्ण रुपमा खुलेको छ ।

२७ जेठको बिहान साँखरमा पहिरोले सडक भत्काएपछि त्यो सडक अवरुद्ध भएको थियो ।

२७ गते दिउँसो भित्तो खारेर सडक बनाएपछि दिउँसोको समयमा साना गाडी चल्दै आए पनि रातिको समयमा सडक पूर्ण रुपमा बन्द थियो ।

यस्तै मालबाहक तथा ठूला सवारी साधान २७ गतेदेखि नै बन्द थिए ।

तर अब सबै प्रकारका गाडी जतिखेर पनि चल्न पाउने तनहुँका निमित्त प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिए ।

मुग्लिन आँबुखैरेनी सडक खुल्ला भए पनि याम्फा फाँट–घाँसीकुवा खण्डमा भने राति ११ बजेदेखि बिहान ४ बजेसम्म यातायात आवागमन बन्द गरिएको छ ।

यो सडक मर्मतका लागि भन्दै यसअघि नै रातिको समयमा बन्द गर्ने गरिएको थियो ।