२०८२ जेठ २९ बुधबार

राशिफल

बक्सिङ संघका पदाधिकारीसहित ८ सदस्यीय टोली आज रुस प्रस्थान गर्ने

काठमाडौं   : युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजको नेतृत्वमा नेपाल बक्सिङ संघका पदाधिकारीसहित ८ सदस्यीय टोली आज सोमबार रुस प्रस्थान गर्ने भएका छन् ।

बक्सिङ संघले एक विज्ञप्ति निकाल्दै बक्सिङ फेडरेशन अफ रसिया र रसिया फेडरेशनको खेलकुद मन्त्रीको निमन्त्रणामा ८ सदस्यीय नेपाली टोली सोमबार रुसको मस्को प्रस्थान गर्ने जनाएको छ ।

रुस जाने टोलीमा खेलकुद मन्त्री गहतराजसँगै युवा तथा खेलकुद मन्त्रालयका सचिव डा। दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषदको विभागिय प्रमुख मधु सुदन बस्नेत, मन्त्रीको निजी सचिव रोसन कुमार सुनार, संघका अध्यक्ष राम अवाले, उपाध्यक्ष अर्जुन बहादुर के।सी। संघका सदस्य मान बहादुर भण्डारी र प्रवक्ता एवं अन्तराष्ट्रिय सम्बन्ध संयोजक श्यामकाजी अवाले रहेका छन् ।

रुस भ्रमणको दौरान दुवै देशको खेलकूद विकास र प्रवर्धनमा सहकार्य गर्न विभिन्न विषयहरुमा छलफल हुने बताईएको छ ।

नेपाल र रुसका बक्सिङ खेलाडीहरुको प्रशिक्षण आदान–प्रदान, बक्सिङ प्रशिक्षकहरुको क्षमता विकास र बृद्धीमा सहयोग गर्ने, नेपाल रुसबीच मैत्रीपूर्ण बक्सिङ एवं अन्य खेलकुद प्रतियोगीता आयोजना एवं सहभागीता गराउने, रुसको स्पोर्ट्स साईन्स कलेजमा नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति व्यवस्था गर्ने, हिमालय क्षेत्र पदयात्रा एवं दौडको आयोजना गर्ने, खेलकुदबाट पर्यटन प्रवद्र्धनमा विविध विधाहरुमा छलफल गर्ने र नेपालमा हाई अल्टीचुट बक्सिङ ट्रेनिङ सेन्टर स्थापना गर्ने लगायतका विषयमा छलफल हुने बताईएको छ ।