२०८२ असार ३ मङ्गलबार

राशिफल

 किसानले मल पाएनन्

काठमाडौं : रासायनिक मलको अभाव भएको बारेमा नेकपा एमालेका सांसदहरुले पेश गरेको प्रस्तावमाथि छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले २ घण्टाको समय छुट्याएका छन्।

प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले रासायनिक मलको विषयमा छलफल गर्न भन्दै प्रस्ताव पेश गरेका थिए ।

भट्टराईले प्रस्ताव पेस गरेपछि सभामुखले छलफलका लागि २ घण्टाको समय निर्धारण गरेका हुन् ।

संसदमा आगामी आर्थिक वर्षको बजेटमाथि विषयगत छलफल गर्ने नियमित कार्यसूची स्थगित गरेर २ घण्टा मलको आपूर्तिका सन्दर्भमा छलफल हुन लागेको छ ।

एमालेका १५ सांसदले संघीय संसद् सचिवालयमा मलको विषयमा छलफल गर्ने प्रस्ताव दर्ता गराएका थिए।

धानलगाउने समय सुरु भइसक्दा पनि किसानले मल पाउन सकेका छैनन् । देश भरका किसानले मल पाउन नसकेको भन्दै सरकारको आलोचना भइरहेको छ ।