काठमाडौं : नेकपा एमालेका सांसद झपटबहादुर रावलले कृषि तथा पशुुपन्छी विकासमन्त्री महेन्द्रराय यादव किसानको समस्यामा बेखबर भएर विदेश भ्रमण गएको आरोप लगाएका छन् ।
संसदमा नेकपा एमालेले पेश गरेको किसानलाई रासायनिक मल उपलब्ध गराउनेसम्बन्धी अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा बोल्दै सांसद रावलले किसानको समस्यामा बेखबर बस्ने कृषि मन्त्रीप्रति कृषकको तर्फबाट खेद प्रकट गर्ने पनि बताए ।
मानो रोपेर मुरी उब्जाउने बेला किसान मल नपाएर छटपटाइ रहेको तर कृषिमन्त्री किसानको समस्यामा कानमा तेल हालेर बसेको र विदेश भ्रमणमा गएको रावलको आरोप छ ।
तपाइँको प्रतिक्रीया