२०८२ असार ४ बुधबार

राशिफल

नेपाललाई वार्षिक १० लाख मेट्रिक टन खाद्यान्न अभाव हुन्छ : सांसद अधिकारी

काठमाडौं : नेकपा एमालेका सांसद खगराज अधिकारीले भारतबाट ल्याउने भनिएको जीटूजीको मल आइपुग्ने सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन् ।

संसदमा नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले दर्ता गरेको रासायनिक मल अभावसम्बन्धी अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै उनले ४ लाख मेट्रिकटन मल तत्काल उपलब्ध गराउन माग गरे ।

नेपाललाई वार्षिक १० लाख मेट्रिक टन खाद्यान्न अभाव भएको भन्दै अधिकारीले यस पटकको मल अभावले उत्पादन घट्ने बताए । विश्व खाद्य संकटको पूर्वसन्ध्यमा मल अभाव भएर उत्पादन घटे सरकारले आगामी संकट चिर्न सक्ने पनि उनले बताए ।