२०८२ असार ३ मङ्गलबार

राशिफल

आज सेयर बजार १५.८२ अंकले घट्यो

काठमाडौं : सेयर बजारको ओरालो यात्रा कायमै रह्यो । १५.८२ अंकले घटेको बजार २०३२.३४ बिन्दुमा ओर्लिएको छ ।

बजेट १५ जेठ पछि एक दिन मात्र बढेको बजार अन्य दिन भने निरन्तर घटिरहेको छ ।

लगानीकर्ता अहिले पनि पर्ख र हेरको अवस्थामा रहँदा बजारले गति समात्न सकेको छैन ।

सोमबार २३० कम्पनीको २० हजार ७७४ वटा कारोबारबाट २९ लाख २० हजार ७०५ कित्ता सेयर किनबेच भएको छ ।

यस दिन कारोबार रकम झनै खुम्चिएको छ ।

पछिल्लो समय शुक्रबारबाहेक अन्य दिन अर्बको आंकडामा पुग्ने कारोबार रकम सोमबार भने ९९ करोड ८६ लाख ७४ हजार २६२ रुपैयाँमा खुम्चिएको छ ।