काठमाडौं : काठमाडौं महानगरपालिका वडा नम्बर २९ स्थित अनामनगरको एक सुन पसलमा लुटपाटको जानकारीपछि तत्कालै प्रहरीहरू घटनास्थलतर्फ गए।
धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ३ घर भई ललितपुरमा बस्दै आएका अविराज दूतराजले आफ्नो सुनचाँदी पसल लुटपाट भएको भन्दै प्रहरीलाई खबर गरेका थिए।
उनी अनामनगरमा श्री मनकामना सुनचाँदी तथा गरगहना पसलका चलाउँछन्।पसलको भित्ता फोडेको अवस्थामा देखेपछि उनले प्रहरीलाई खबर गरेका हुन्।
मनकामना सुनचाँदी पसलसँगै जोडिएको पान पसलतर्फबाट भित्ता फोडेर प्वाल बनाइएको थियो।
पान पसलबाट भित्ता फोडेर सुनचाँदी पसलमा लुटपाटको प्रयास भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। मान्छे छिर्न मिल्ने गरी भित्तामा प्वाल बनाइएको प्रहरी स्रोत बताउँछ।
तपाइँको प्रतिक्रीया