२०८२ असार ३ मङ्गलबार

राशिफल

राजश्व छलि गर्दा भयो पौडेलको सरुवा

काठमाडौं राजश्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेलको सरुवा भएको छ । विभागमा नयाँ महानिर्देशक नतोकिंदै पौडेलले सोमबार विभागबाट सरुवाको रमना लिएको विभाग स्रोतले बतायो ।

पौडेलले गत असोज १८ गते विभागको महानिर्देशकको जिम्मेवारी पाएका थिए । पौडेल त्यसअघि वाणिज्य विभागको महानिर्देशक थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको उक्त कार्यालयमा नयाँ महानिर्देशकको टुंगो अझै लागेको छैन ।

राजश्वमा ८ महिना १२ दिन काम गरेका पौडेलले लामो समयदेखि अड्किएको बहुराष्ट्रिय कम्पनी कोकको पूँजीगत लाभकरी छली मुद्धाको अनुसन्धान टुंग्याएर अदालतमा पेश गरेका थिए । उनकै पालामा नेपालमा अवैध क्रिप्टोकरेन्सी कारोबारको सञ्जालमाथि कारबाही सुरु भएको थियो ।

सोमबार विभागबाट एक धन्यवाद नोट जारी गर्दै पौडेलले ८ महिना अवधिमा विभागले २१ अर्ब ७१ करोड बिगो बराबरको राजश्व छलीको मुद्दामा २ सय ८१ जनाविरुद्ध मुद्दा दायर गरेको जानकारी दिए ।

‘विगत ८ महिनामा बहुराष्ट्रिय कम्पनीहरुको पूँजीगत लाभकर छलीको विषयका साथै क्रिप्टोकरेन्सी, नक्कली अन्तशुल्क स्टिकर लगायत क्षेत्रमा धेरै अनुसन्धान गरेको थियो’ विभागको प्रेस नोटमा भनिएको छ । विभागले ८ महिनामा राजश्व चुहावटतर्फ २०३ प्रतिवादीविरुद्ध ६९ वटा मुद्दामा १० अर्ब ३० करोड ६५ लाख ४३ हजार रुपैयाँ बराबरको बिगो तथा