काठमाडौं : धनुषाको औरही गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष उमाशंकर प्रसाद साहमाथि एक शिक्षिकालाई दुर्व्यवहार गरेको आरोप लागेको छ ।
गाउँपालिकास्थित श्री मावि परवाहा देउरीमा अध्यापन गराउने एक शिक्षिकालाई नवनिर्वाचित अध्यक्ष साहले विद्यालयपरिसरमै आयोजना गरिएको स्वागत तथा बिदाइ कार्यक्रममा दुर्व्यवहार गरेको बताइएको छ ।
पीडित शिक्षिका प्रतिभा झाले कार्यक्रममा महिलाले पनि बोल्न पाउनुपर्ने माग राखेकी थिइन् । उनले संविधानले प्रदत्त गरेको ३३ प्रतिशत अधिकार सुनिश्चित हुनुपर्ने माग गरेलगत्तै अध्यक्ष साहले ‘तँ बस्’ भन्दै उनी बोलिरहेको क्रममा उनको हातबाट माइक खोसेका थिए ।
तपाइँको प्रतिक्रीया