काठमाडौं : कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादवले उखु र चिनीको मूल्य निर्धारण तथा नियन्त्रणको क्षेत्राधिकार कृषि मन्त्रालयको नभएर उद्योग मन्त्रालयको भएको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभामा जारी विनियोजित बजेटमाथिको छलफलमा उठेको प्रश्नमा जवाफ दिँदै मन्त्री यादवले अनुदानको विषय मन्त्रालयसँग जोडिएपछि मूल्य निर्धारण र नियन्त्रणको जिम्मा उद्योग मन्त्रालयको नै भएको बताए ।
आवश्यक समन्वयको अभावमा भूमिकामा समस्या आइरहेको बताए ।
र मल खात वितरण प्रणालीमा समेत कृषि मन्त्रालयले भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग समन्वय गरेर सहकारी मार्फत मल वितरण गर्नुपर्ने तर आवश्यक समन्वय हुन नसकिरहेको उनले बताए ।
तपाइँको प्रतिक्रीया