काठमाडौं : कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले यसैपालिबाट किसान पेन्सन सुरु गर्ने प्रयास हुने बताएका छन् ।
सांसदहरुले प्रतिनिधिसभामा उठाएका प्रश्नहरुको जवाफ दिँदै उनले भने, ‘किसानको जति पनि उत्पादन हुन्छ त्यसको केही पेन्सनका लागि राख्नुपर्ने हुन्छ । सरकारले १० प्रतिशत राख्छ ।’
किसान पेन्सनका लागि सरकारले कार्यविधि बनाउने छ । सबै किसानको परिचय पत्र बनाउने, त्यसपछि कस्ता किसानलाई पेन्सन दिने भनेर वर्गीकरण गरेर पेन्सन दिन सुरुवात गरिने उनले बताए । ‘
यसैपालिबाट किसानलाई पेन्सन दिने कुरा बजेटमा गरिएको छ । हामी चाहन्छौं यसैपालिबाट किसान पेन्सन दिनुपर्छ यसका लागि कार्यविधि बनाउनुपर्ने, छलफल गर्नुपर्ने छ ।’
यो कार्यक्रम अनुसार हरेक महिना किसानले जम्मा गर्ने रकमको १० प्रतिशत सरकारले जम्मा गरिदिनेछ । कोष स्थापना गर्न विउ पूँजीका रुपमा १ अर्ब छुट्याइएको छ ।
किसान परिचयपत्रका आधारमा सार्वजनिक सेवामा छुट दिइने समेत बजेट वक्तव्यमा उल्लेख छ ।
तपाइँको प्रतिक्रीया