२०८२ असार ४ बुधबार

राशिफल

राष्ट्रिय सभाको बैठक १ दिन पर सारियो

काठमाडौं : बुधबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक एक दिन पर सारिएको छ ।

संसद सचिवालयले असार १ गते बुधबारको राष्ट्रियसभाको बैठक २ गतेका लागिस सारेको जनाएको छ ।

संघीय संसदका महासचिव डा।भरतराज गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ अध्‍यक्षज्‍यूले २०७९ साल असार २ गते बिहीबार अपरान्ह १० बजे बस्‍ने गरी निर्धारण गर्नुभएको व्‍यहोरा माननीय सदस्‍यहरुको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।’