काठमडौं : प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न मधेस केन्द्रित दलका नेताहरूको दौडधुप छ ।
त्यो दौडमा पूर्व प्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पनि रहेका छन् ।
सोमबार जसपाका केही नेतालाई साथमा लिएर भट्टराई प्रधामन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका हुन् ।
उनका साथमा थिए, जसपाकै सांसद् एवं कार्यकारिणी सदस्यहरु राजकिशोर यादव र इस्तियाक राई ।
बाबुरामको साथमा महिन्द्र राय यादव पनि बालुवाटार जाने कुरा तय थियो । तर संसदमा उनले जवाफ दिनुपर्ने भएकाले उनी बालुवाटार गएनन् ।
बालुवाटार स्रोतका अनुसार भेटमा भट्टराईले प्रधानमन्त्री देउवालाई आफ्नो पार्टीको विवादको विषयबारे जानकारी गराएका थिए । ‘हाम्रो पार्टीमा अहिले विवाद चलिरहेको छ, त्यो कुरा तपाईंलाई थाहै होला ।
तपाइँको प्रतिक्रीया