२०८२ असार १ आइतबार

राशिफल

बालिका करणी गरेको आरोपमा १ पुरुष पक्राउ

काठमाडौं : जिल्ला प्रहरी कार्यालय पाल्पाले बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्रेको छ ।

पक्राउ पर्नेमा रिब्दीकोट गाउँपालिका वडा नं. १ ख्याहाका ३९ वर्षीय विष्णुबहादुर विक रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापा जानकारी दिए ।

रैनादेवी छहरा गाउँपालिकामा बस्ने १४ वर्षीया बालिकालाई विकले एक साताअघि रिब्दीकेट गाउँपालिका वडा नं.२ को सानोदमकस्थित जंगलमा जबरजस्ती करणी गरेको प्रहरीको आरोप छ ।

पीडित बालिकाकी आमाले प्रहरीमा जाहेरी दिएपछि प्रहरी चौकी सर्देवा र जिल्ला प्रहरी कार्यालयको अनुसन्धान अधिकृतसहितको टोलीले खोजतलास गरेर विकलाई पक्रेको हो ।