२०८२ असार १ आइतबार

राशिफल

रुपन्देहीमा महिलाको शंकास्पद मृत्यु

रुपन्देही : रुपन्देहीको तिलोत्तमामा एक महिलाको शंकास्पद मृत्यु भएको छ ।

तिलोत्तमा नगरपालिका ६ सेमरीचोककी २५ वर्षीया सुविना गिरी आफ्नै होटलमा झुण्डिएको अवस्थामा सोमबार राति करिब १ बजे फेला परेकी छन् ।
उनलाई राति २ बजे क्रिमसन अस्पताल मणग्राममा पुर्‍याइएको भए पनि चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

मृतकका मामा अमृत गिरीले सुविना झुण्डिएको भनिए पनि माइती पक्ष र आफन्त कसैले नदेखेकाले शंकास्पद रहेको बताए ।

मृतकको शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको र घटनाबारे अनुसन्धान सुरु भएको प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताए । मृतकका २ जना नाबालक छोराछोरी छन् ।