२०८२ जेठ २३ बिहीबार

राशिफल

यूईएफए नेसन्स लिग फुटबलमा जर्मनीसँग इटली पराजित

काठमाण्डौ  : यूईएफए नेसन्स लिग फुटबलमा जर्मनीले इटलीलाई हराएको छ । गएराति भएको खेलमा जर्मनीले इटलीलाई ५–२ गोलले हराएको हो ।

जर्मनीका टिमो वेर्नेरले दुई गोल गरे । त्यस्तै जोसुवा किमिच, इल्के गुण्डोगान र थोमस मुलरले एकरएक गोल गरे । इटलीका विल्फ्रिड जिनोन्टो र एलेसान्द्रो बास्टोनीले गोल गरे । जितसँगै जर्मनी लिग ‘ए’ समूह ३ को दोस्रो स्थानमा उक्लिएको छ । जर्मनीले ४ खेलमा ६ अङ्क जोडेको छ । इटली ५ अङ्ककासाथ तेस्रो स्थानमा छ ।

यस्तै अर्को खेलमा बेल्जियमले पोल्यान्डलाई १–० गोलले हराएको छ । बेल्जियमका मिची बात्सुआइले खेलको १६औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । जितसँगै लिग ‘ए’ समूह ४ को बेल्जियमले ४ खेलमा ७ अङ्क जोडेको छ । बेल्जियम तालिकाको दोस्रो स्थानमा रहेको छ । पोल्यान्ड ४ अङ्कका साथ तेस्रो स्थानमा छ ।

अर्को खेलमा नेदरल्यान्ड्सले वेल्सलाई ३–२ गोलले हराएको छ । नेदरल्यान्ड्स १० अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ ।