२०८२ असार ३ मङ्गलबार

राशिफल

सुनको भाउ आजपनि घट्यो

काठमाण्डौ  : सुनको भाउ आज पनि घटेको छ ।आज सुन तोलामा ६ सय रुपैयाँले घटेर ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सुनको भाउ तोलामा ९७ हजार १ सय रुपैयाँ थियो । हिजो पनि सुनको भाउ एकैदिन तोलामा १ हजार ८ सय रुपैयाँले घटेको थियो ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै आज पनि तोलामा १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।