काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीले अमेरिकी सहयोग सम्बन्धी सम्झौता एमसीसीबारे नेपालले गरेको ब्याख्यात्मक घोषणलाई अमेरिकाले स्वागत गरिसकेको बताएका छन् ।
प्रतिनिधिसभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘एमसीसीको बारेमा सदनले पास गरेको हो । ब्याख्यात्मक टिप्पणी सहित पास गरेको हो ।
९ बजे नेपालको संसदले पास गरेको र पौने ११ बजे अमेरिकाले स्टेटमेन्ट जारी गरेर स्वागत गरेको छ । विरोध भए आपत्ति गर्दथ्यो होला । तर, तुरुन्तै दुई घण्टा भित्रै स्वागत गरेको छ’ मन्त्री बन्दीले भने ।
तपाइँको प्रतिक्रीया