काठमाडौं : ग्रान्डी अस्पतालको लापरबाहीका कारण इन्डोस्कोपी गर्दा बिरामीको मृत्यु भएको भन्दै आफन्तहरूले आरोप लगाएका छन्।
घाँटीमा मासु पलाएको ट्युमर समस्या देखिएपछि टोखास्थित ग्रान्डी अस्पतालमा पुगेकी दुर्गामाया फैजुको निधन भएपछि आफन्तहरूले अस्पताललाई दोष दिएका हुन्।
आफन्तहरूले अहिले अस्पताल परिसर घेराउ गर्दै विरोध गरिरहेका छन्। उनीहरूले शब बुझ्न समेत मानेका छैनन् । अप्रेसनमा संलग्न डा.रवि महत र उनको टिमको लापरबाहीले आमाको मृत्यु भएको छोरी कल्पना श्रेष्ठ फैजुको आरोप छ।
घाँटीमा ट्युमर देखिएपछि नारायणटार बस्दै आएकी ८२ वर्षीय दुर्गामाया २४ जेठमा ग्रान्डी अस्पताल गएकी थिइन्।
अस्पतालले घाँटीमा मासु पलाएको हो वा होइन भनेर थाहा पाउनका लागि डाक्टरले इन्डोस्कोपी गर्नुपर्ने बताए।
आमाको उमेर बढी भइसकेको भन्दै इन्डोस्कोपी गर्दा खतरा हुनसक्ने भन्दै दुर्गामायाका छोराले मानेनन्।
तपाइँको प्रतिक्रीया