काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपालमा पछिल्ला महिनामा औसतमा ५० हजार हाराहारी पर्यटक आउन थालेको बताएका छन् ।
आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै आलेले औसतमा ५० हजार पर्यटक नेपाल भित्रिरहेको बताए ।
उनले विश्व कोरोना महामारीबाट मुक्त हुने क्रममा रहेकाले पर्यटकको आगमन पनि बढ्दो अवस्थामा रहेको बताए ।
यही यस्तै, आगामी महिनाहरूमा पर्यटकको संख्या झनै बढ्ने भएकाले सन् २०२२ मा १० लाख पर्यटक भित्रन सक्ने मन्त्री आलेको प्रक्षेपण छ ।
पछिल्लो समय नेपालले हिमाल आरोहण तथा पदयात्राको सहजताका लागि पर्यटन विभागमार्फत बजेट विभाजन गरिएको छ ।
तपाइँको प्रतिक्रीया