काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग टुमा अन्तिम खेल खेलेको ओमानमाथि शानदार जित निकाल्दा नेपालले बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्यो ।
नेपाल ७ विकेटले विजयी भएको खेलमा बलिङमा करण केसी र कप्तान सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरे । ब्याटिङमा ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलले अर्धशतक प्रहार गरे ।
लिग टु अन्तर्गत अमेरिका भ्रमणमा नेपालको यो पहिलो जित हो । पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको नेपालले त्यस हारको बदला समेत लिएको छ । यस्तै लिग टु मा अन्तिम खेललाई सुखद बनाउने ओमानको योजना पनि नेपालले भताभुङ्ग पारिदियो ।
ओमानलाई हराएपछि नेपाल १५ खेलबाट १५ अंक जोड्दै एक स्थान सुधार गरेर पाँचौ स्थानमा उक्लेको छ ।
तपाइँको प्रतिक्रीया