२०८२ असार ४ बुधबार

राशिफल

बागमती प्रदेश सरकार बजेट : विद्यालय बस खरिदको लागि ६ करोड

हेटौंडा : बागमती प्रदेश सरकारले विद्यालय बस खरिदको लागि ६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष  २०७९- ०८० को लागि बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले विद्यालयमा बालबालिकाको पहुँच बढाउन र उपस्थित नियमित गराउन विद्यालय बस खरिदको लागि ६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको  बताए ।

उनले लोपोन्मुख, अति सिमान्तक्रित, अल्पसंख्यक तथा अति विपन्न समुदायका बालबालिकाहरुलाई विद्यालय शिक्षामा पहुँच अभिवृद्धि गर्न ७ करोड रुपैयाँ बजेट विनियोजन गरेको बताए ।