२०८२ असार ३ मङ्गलबार

राशिफल

बजेट कमिसन खाएर बनाए : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री जनार्दन शर्माले व्यापारीका प्रतिनिधिलाई राखेर बजेट बनाएको आरोप लगाएका छन् ।

एमालेबाट निर्वाचित जनप्रतिनिधिका लागि काठमाडौंमा भएको प्रशिक्षण कार्यक्रममा ओलीले मन्त्रीपरिषद र मन्त्रीहरुले समेत थाहा नपाई करका दर र अंक संसदमा मात्र सार्वजनिक गर्नु पर्ने बजेट बनाउँदै गर्दा व्यापारीका प्रतिनिधिलाई राखेको आरोप लगाए ।

ओलीले भने, ‘बनाउनु भन्दा अघि कमिसन खाएर बजेट बनाइन्छ भने के हालत भयो देशको ।’