काठमाडौं : नेपालमा पनि ‘मंकीपक्स’ भाइरसको संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी फेला परेका छन् ।
काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारमा आएका एक युवकमा मंकीपक्सको संक्रमणसग मिल्दोजुल्दो लक्षण दिएको हो ।
दुबईबाट नहालै नेपाल आएका ती युवकलाई टेकु अस्पतलमै भर्ना गरेर उपचार गइरहेको उपचारमा संलग्न एक चिकित्सकले बताए ।
अस्पतालको स्रोतका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कले दुबईबाट नेपाल आउँदा उनमा ‘मंकीपक्स’ भाइरस संक्रमणको आशंका गरेर टेकु पठाएको थियो ।
शंकास्पद बिरामी नेपाली २७ बर्ष युवक रहेको चिकित्सकले जानकारी दिए । ‘बिरामीको हिस्ट्री लिँदा सात दिनदेखि लगातार ज्वरो आएको पाइएको छ । उनमा ‘मंकीपक्स’ लक्षण देखिएकोले हेल्थ डेस्कले टेकु पठाएको थियो,’ ती चिकित्सकले भने, ‘शरीरमा ‘मंकीपक्स’ भाइरसको जस्तो धेरै राता फोका छन् ।’
तपाइँको प्रतिक्रीया