२०८२ असार १ आइतबार

राशिफल

५१ किलो लागूऔषधसहित ७ जना अफ्रिकन पक्राउ

काठमाडौँ : प्रहरीले ५१ किलो हिरोइनसहित सात जना अफ्रिकन नागरिकलाई पक्राउ गरेको छ। प्रहरीले ठूलो परिमाणमा लागुऔषध खैरो र सेतो हेरोइन बरामद गरेको हो।

बिहीबार दक्षिण अफ्रिकाबाट फ्लाइ दुबईको जहाजमार्फत दुबई हुँदै काठमाडौँ आएका सात अफ्रिकन महिलाको साथबाट प्रहरीले ५१ किलो हिरोइन बरामद गरेको लागूऔषध नियन्त्रण ब्युरोका एसपी जीवन श्रेष्ठले बताए।

ब्यूरोले आज पत्रकार सम्मेलन गर्दै पक्राउ परेका उनीहरुको साथबाट बरामद भएका हेरोइनमध्ये ४९ किलो सेतो र २ किलो खैरो रहेको ब्यूरोले जनाएको छ।