२०८२ असार ३ मङ्गलबार

राशिफल

एसीसी महिला टी–२० च्याम्पियनसिपको पहिलो खेलमा नेपाल र भुटानबिच खेल हुँदै

काठमाण्डौ  : एसीसी महिला टी–२० च्याम्पियनसिपको पहिलो खेलमा नेपालले अहिले भुटानसँग खेलिरहेको छ ।

टस जितेर व्याटिङ गरिरहेको नेपालले खराब सुरुवात गरेको छ । नेपालले ७ ओभरको खेल सकिँदा ३ विकेट गुमाइसकेको छ भने जम्मा २१ रन जोडेको छ ।

च्याम्पियनसिपमा १० टोलीको सहभागिता छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह बीमा हङकङ, कुवेत, भुटान र बहराइन छन् ।

यस्तै समूह ए मा मलेसिया, यूएई, ओमान,कतार र सिङ्गापुर छन् ।