काठमाडौं : लागुऔषध खैरो हेरोइन ब्राउन सुगरसहित हिजो साँझ विराटनगरबाट २ जना पक्राउ परेका छन्। एक जना बालकसहित पक्राउ परेका दुवै जना भारतीय हुन्। पक्राउ पर्नेमध्ये एक जना भारतको अररिया सोनामनीका १८ वर्षीय विकास ठाकुर रहेको प्रहरीले जनाएको छ। १४ बर्से बालकको भने पहिचान गोप्य राखिएको छ।
भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार रहेका उनीहरुलाई विराटनगर महानगरपालिका १७ मटेरुवाबाट साँझ ५स्३० बजेतिर पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। उनका अनुसार पक्राउ परेकाहरुको साथबाट ३।६ ग्राम ब्राउन सुगर बरामद भएको छ।
पक्राउ परेका दुवैलाई प्रहरीले लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने तयारी गरिएको छ।
तपाइँको प्रतिक्रीया