२०८२ जेठ २९ बुधबार

राशिफल

नेपालले क्यानडामा एक दिवसीय क्रिकेट शृंखला खेल्ने

काठमाडौं  : नेपालले क्यानडामा २ वटा टी–२० र २ वटा एक दिवसीय क्रिकेट शृंखला खेल्ने भएको छ ।

असार १४ र १५ गते टी २० तथा असार २० र २१ गते एकदिवसीय खेल हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । त्यसका लागि नेपाली टिम असार १२ गते क्यानडा जाने तयारी छ ।

स्कटल्याण्डमा नामिबियासमेत सम्मिलित आइसीसी क्रिकेट विश्व कप लिग टु खेल्नुअघि नेपालले क्यानडासँग द्विपक्षीय शृंखला खेल्ने तय नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

क्यानडामा द्विपक्षीय शृंखला खेलेर नेपाली टोली स्कटल्याण्ड जाने छ । स्कटल्याण्डमा नेपालले घरेलु टोलीसँग दुई र नामिबियासँग दुई गरी लिग टुका ४ खेल खेल्ने छ ।