२०८२ असार १ आइतबार

राशिफल

अभियुक्तलाई जोगाउन लागि परेको भन्दै कारबाहीको माग

काठमाडौं : बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियानले महान्यायाधिवक्ताको कार्यालय बलात्कारका अभियुक्तलाई जोगाउन लागि परेको भन्दै छानबिन र कारबाहीको माग गरेको छ ।

बलात्कारको मुद्दा हेरिरहेकी जिल्ला अदालत ललितपुरकी सहायक जिल्ला न्यायाधिवक्ता संगीता थोकरले बालिका बलात्कारको मुद्दा कमजोर बनाउनका लागि महान्यायाधीवक्ताको कार्यालयले दबाब दिएको र त्यो दबाब नमानेका कारण आफूलाई सरुवा गरिएको बताएकी थिइन् ।

ललितपुरमा सुशील चटौत जोडिएको बलात्कार मुद्दा हेरिरहेकी थोकरलाई महान्यायाधीवक्ताको कार्यालयले मुख्य न्यायाधिवक्ताको कार्यालय, हेटौंडामा सरुवा गरेको थियो ।