काठमाडौं : प्रिमियर लिग क्लब साउथह्याम्पटनले गोलकिपर गाभिन बाजुनुलाई अनुबन्ध गरेको छ ।
साउथह्याम्पटनले म्यानचेस्टर सिटीबाट गोलकिपर गाभिनलाई अनुबन्ध गरेको हो । २० वर्षीय गोलकिपरले साउथह्याम्पटनसँग पाँच वर्षको सम्झौता गरेका छन् ।
गत सिजन उनले पोर्ट्समाउथबाट लोनमा खेलेका थिए । यस्तै साउथह्याम्पटनले अर्का गोलकिपर माटिउस लिसलाई पनि अनुबन्ध गरेको छ ।
तपाइँको प्रतिक्रीया