२०८२ असार ३ मङ्गलबार

राशिफल

सुनको भाउ तीन सय रुपैयाँले घट्यो

काठमाण्डौ  :   कारोवार हुने हप्ताको पहिलो दिन आज सुनको भाउ ३ सय रुपैयाँले घटेको छ ।

आज सुनको भाउ तोलामा ९७ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अस्ति सुनको भाउ तोलामा ९७ हजार ८ सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।