२०८२ जेठ २५ शनिवार

राशिफल

भ्यालुयर्स एसोसिएसनको आयोजनामा ३ दिने सम्पत्ति मूल्यांकन तालिम सम्पन्न

काठमाण्डौं : नेपाल भ्यालुयर्स एसोसिएसन (एनभी) को आयोजनामा ३ दिने ‘फिक्स्ड एसेट भ्यालुयसन ट्रेनिङ’ (स्थिर सम्पत्ति मूल्यांकन तालिम) आज सम्पन्न भएको छ , तालिम शुक्रबारदेखि काठमाडौंमा सुरु भएको थियो ।

 

तालिममा देशभरका विभिन्न जिल्लालाई कार्यथलो बनाइ विभिन्न कन्सल्टेन्सी फर्ममा आवद्द इन्जिनियरहरुको सहभागीता रहेको थियो । तालिममा ई. देबेन्द्र श्रेष्ठ , ई. सुशील अमात्य, ई.दिनेश कुमार पाठकले प्रशिक्षण दिएका थिए ।

उद्घाटन कार्यक्रममा एनभीएका अध्यक्ष ई. ऋषि कोइरालाले छोटो मन्तब्य राख्दै धितो मूल्यांकन गर्ने एक जना इन्जिनियरले गलत गर्दा ठूलो आर्थिक क्षति हुने र पेशा नै बदनाम हुने अवस्था रहेकाले तालिम दिइएको बताए । तालिममार्फत मूल्यांकनकर्ता इन्जिनियरलाई दक्ष बनाउने आफूहरुको लक्ष्य भएको उनको भनाइ थियो ।