२०८२ जेठ ३० बिहीबार

राशिफल

तेस्रो एकदिवसीय क्रिकेट श्रीलंकासँग अष्ट्रेलिया ६ विकेटले पराजित

काठमाडौं  :  तेस्रो एकदिवसीय क्रिकेट घरेलु टोली श्रीलंकाले अष्ट्रेलियालाई हराएको छ।

गएराति भएको खेलमा श्रीलंकाले अष्ट्रेलियालाई ६ विकेटले हराएको हो। अष्ट्रेलियाले दिएको २ सय ९२ रनको लक्ष्य श्रीलंकाले ४८ ओभर ३ बलमा ४ विकेट पूरा गर्यो।

श्रीलंकाका लागि पाथुम निशन्काले १ सय ३७ रनको शतकीय इनिङ खेले। कुशल मेन्डिसले ८७ रनको अर्धशतकीय इनिङ खेल्दै रिटायर्ड हर्ट भए।अष्ट्रेलियाका जे रिचार्डसनले २ विकेट लिए ।

जितसँगै श्रीलंकाले पाँच खेलको सिरिजमा २–१ को अग्रता बनाएको छ।