२०८२ असार २ सोमबार

राशिफल

कुमारको ‘अस्ताएकी आमा’ बजारमा (भिडियोसहित)

काठमाडौँ : गायक कुमार प्रयासको ‘अस्ताएकी आमा’ गीत सार्वजनिक भएको छ ।

आइतबार प्रयासको आफ्नै युटुब च्यानलबाट रिलिज भएको उक्त गीतको शब्द साहित्यकार सुवास सङ्गमले लेखेका हुन् भने संगीत संयोजनको काम विक्रम राईले गरेका छन् ।

गीत गायक प्रयासले आफ्नै आमाको सम्झनामा गाएका हुन्।

गायक प्रयासका ‘मारेको छ नि हौ’, ‘हिम्पी’ लगायतका गीतहरू चर्चामा छन् भने ३ दर्जनभन्दा बढी गीत गाइसकेका छन्।