बिबेक राज कोइराला – स्वतन्त्र शब्द माथि नेपालमा राजनीति भयो । स्वतन्त्र हुँ भन्ने अवस्था पनि रहेन । स्वतन्त्र शब्दको धज्जी उडाउँदै जब रवि लामिछानेले मंगलबार मात्र राष्ट्रिय स्वतन्त्र पार्टीको घोषण गर्नुभयो ।
सबै स्वतन्त्र नेपालीको साझा पार्टी नेपाल स्वतन्त्र पार्टी भन्दै ठूलो र चर्को श्वरमा पार्टीको नामकरण गरिरहँदा रविले साँच्चै स्वतन्त्र शब्दलाई बदनाम र नेपाली राजनितिमा गुमनाम पार्न खोज्नुभयो ।
रवि राजनितिमा आउनुलाई म राम्रो मान्छु । रवि जस्ता अर्झैं सयौं वक्ति नेपालको राजनितिको आवश्कता हो । म पनि रवि जत्तिकै भएर राजनितिमा उदाउँन चाहान्छु ।
तर रविन्द्र मिश्र जस्तो विलय हुँन चाहिँ चाहान्न । तर, पनि पार्टीको नामकरणले देश र जनताको स्वतन्त्रतामा कस्तो असर गर्ला भन्ने सोच्ने कि नसोच्ने म रविलाई प्रश्न गर्न चाहान्छु ।
के रवि लामिछानेलाई स्वतन्त्र शब्दको अर्थ नै थाहा नभएको हो रु त्यसो पक्कै हैन । उहाँले त स्वतन्त्र शब्द र जनता माथि गर्नु भएको राजनितिकरण थियो हिजोको घोषण सभा ।
हरेक व्यक्तिको नाम पार्टीको नामसँग जोडिएको थियो । बालेनको जित पछि अधिकांश युवामा स्वतन्त्रताको जोश थपिएको थियो । जुन कुरालाई मंगलबार रविले राजनितिकरण गर्नु भएको छ ।
म बुधबार विहान कलेज पुग्दा चर्चा परिचर्चा रविको मात्र थियो । एक जना अन्जान साथिले मलाई सोध्नु भयो– ‘तपाई कुन पार्टीको हो ?’ साँच्चै भन्ने हो भने म एक स्वतन्त्र व्यक्ति हुँ ।
कुनै एक पार्टीको सिद्धान्त राम्रो लागे पनि शिक्षालय पसेपछि त म पुरा विद्यार्थी हुँ । मैले उहाँलाई जवाफमा म स्वतन्त्र हो मात्र के भनेको थिए । उहाँले हाँस्दै हिजो खुलेको रवि दाई पार्टी भन्नु भयो ।
सालिन भाषमा म कुनै स्वतन्त्र पार्टीको व्यक्ति, सदस्य तथा कार्यकता हैन । म स्वतन्त्र एक युवा हुँ । पुनः मैंले जवाफ फर्काएसँगै उहाँ चुप लाग्नु भयो । यहीबाट बुझौं कि एक छिनको रविको घोषणा सभा र उहाँको पार्टीको नामले स्वतन्त्र शब्दलाई कति बद्नाम गरेको छ ।
नेपालमा स्वतन्त्रताको लागि अब के हामी स्वतन्त्र युवाले संघर्ष मै उत्रिनु पर्ने त हैन रु यो गम्भिर प्रश्नले मलाई घरि घरि झस्काइ रहेको हुन्छ ।
००७ सालमा स्वतन्त्रताको लागि गरिएको आन्दोलन, ०४८ सालमा स्वतन्त्रताको लागि गरेको संर्घष र ०६२/६३ मा स्वतन्त्रताको गएका ज्यानको कुनै मूल्य छैन ?
अब नेपलमा स्वतन्त्र शब्दको छवि रविको राजनितिक छाँयाले छोपेको छ । थाहा छैन यसबाट कतिलाई चित्त बुझेको छ । तर स्वतन्त्र शब्द माथिको राजनितिकरण म जस्ता स्वतन्त्र युवालाई मान्य हुने छैन । यो कुरा रविले बुझ्न जरुरी छ ।
आमा बाबुबाट स्वतन्त्रता खोजेका जी–बब ९सुदिप भण्डारी० ले जस्तै हामीले रविबाट स्वतन्त्रता खोज्ने बेला आएको महशुस भएको छ । स्वतन्त्र शब्द कतै काँडेतारमा बेरिएको जस्तो लागिरहेको छ ।
स्वतन्त्र शब्दलाई राजनितिमा ल्याउँनु रविको एजेण्डा पक्कै होला तर स्वतन्त्रताको धज्जी उडाउने रवि को हुन् रु पार्टीको नाम नै स्वतन्त्र राखे पछि स्वतन्त्र सबै मेरा भन्ने भ्रमबाट रवि चाँडै मुक्त हुन जरुरी छ ।
रवि पक्कै चर्चित छन् । तर राजनितिज्ञ बन्न योग्य छैनन् भन्ने कुरा यहिँबाट प्रष्ट बुझ्न सकिन्छ ।
जनताको स्वतन्त्रता माथि आँच ल्याउने खालका गतिविधि गर्नु गलत हो भन्ने रवि जत्तिको व्यक्तिले अब कहिले बुझ्ने रु
पार्टीको नाम विरुद्ध निर्वाचन आयोगमा उजुरी समेत परिसकेको छ ।
स्वतन्त्र उम्मेदवारको हकमा जसको बढि हैसियत छ उनीहरुलाई मात्र हैन स्वतन्त्र र तथष्ट बस्ने युवा वर्गलाई समेत पार्टीको नामले अप्ठ्यारोमा पारेको छ ।
स्वतन्त्रता माथिको रविको राजनितिकरण निर्वाचन आयोगले सच्याओस् । मेरो विनम्र अनुरोध छ ।
तपाइँको प्रतिक्रीया