मधेश : नेपाल भ्यालुयर्स एसोसिएसनको मधेश प्रदेश अधिवेशनबाट प्रदेश कमिटी चयन गरिएको छ ।
ई. दिल्लीप कुमार श्रीवास्तवको अध्यक्षतामा एसोसिएसनको ११ सदस्यीय कमिटी चयन गरिएको हो ।
कमिटीको बरिष्ठ उपाध्यक्षमा ई. मुन्नाकुमार सर्राफ, उपाध्यक्षमा ई. अनिलकुमार साह, सचिवमा ई। हेमशंकर अरगरिया, सहसचविमा ई. विनोद श्रेष्ठ र कोषाध्यक्षमा ई. पवन महासेठलाई चयन गरिएको छ ।
त्यस्तै सदस्यहरुमा ई. शिवकुमार यादव, ई.आत्माराम, ई. शेष एसनुल हक, ई.लक्ष्मण ढकाल र ई. शिवप्रसाद साहलाई चयन गरिएको छ ।
ई. दिल्लीप कुमार श्रीवास्तव र ई. मुन्नाकुमार सर्राफको अध्यक्षतामा भएको अधिवेशनको प्रमुख अतिथि केन्द्रिय अध्यक्ष ई. ऋषि कोइराला प्रमुख अतिथि थिए ।
अधिवेशनमा ई. संजय कुमार महतो, ई. रंजित झा र ई. सफल कुमार साहको पनि उपस्थिति रहेको थियो ।
तपाइँको प्रतिक्रीया