२०८२ जेठ २५ शनिवार

राशिफल

च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा युएईले नेपाललाई जितका लागि ८२ रनको लक्ष्य

काठमाडौं  : एसीसी महिला टी ट्वान्टी च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा युएईले नेपाललाई जितका लागि ८२ रनको लक्ष्य दिएको छ । मलेसियाको किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले १९ ओभर ५ बलमा अलआउट हुँदै ८१ रन बनायो।

युएईका लागि वैष्णवी महेशले सर्वाधिक १६ रन बनाईन् । इशा रोहितले १५ रन जोड्दा कप्तान छाया मुघलले १४ रन जोडिन् । यस्तै खुसी शर्मा १२ रनमा आउट भईन् ।

नेपालकी अश्मिना कर्माचार्यले ५ विकेट लिईन् । यस्तै इन्दु वर्माले ३ र सीता रानाले २ विकेट हात पारिन् ।

आज नेपाल युएईलाई हराउँदै फाइनल पुग्न चाहन्छ । युएई पनि नेपाललाई हराएर फाइनल पुग्न चाहन्छ ।

अर्को सेमिफाइनलमा हङकङ र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ । च्याम्पियनसिपको फाइनल शनिबार हुनेछ ।