मकवानपुर : हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बजेट ल्याउने तयारी गरे पनि प्रमुख प्रतिपक्ष नेकपा एमालेको विरोधका कारण स्थगित भएको छ ।
बिहान १० बजेका लागि लाइएको नगर सभामा एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरूले आफ्नो अडान नछाडेका कारण सभा स्थगित गरिएको हो ।
गाउँ नगर जिल्ला सभा सञ्चालन ऐन २०७५ को दफा ५ को उपदफा २ बमोजिम गणपूरक संख्या नपुगेकाले नगर सभा आगामी १२ गते दिउँसो १ बजे बस्ने गरी बेलाइएको हो ।
एमाले सदस्यहरूले बैठक सञ्चालन कार्यविधि संशोधन गर्न माग गरेपछि बैठकमा सहमति हुन सकेको छैन । एमाले सदस्यहरूले राखेको प्रस्तावलाई पेलेर लैजान खोजिएको भन्दै विरोध जनाएका हुन् ।
उपमहानगरपालिकामा विजयी एमालेका ५४ जना नगर सभा सदस्यहरुसहितको बैठकले स्थानीय सरकार संचालन ऐन सञ्चालन सम्बन्धी बैठक कार्यविधि संशोधनको माग गर्दै आएको छ ।
तपाइँको प्रतिक्रीया