२०८२ जेठ २१ मङ्गलबार

राशिफल

यस्तो छ तपाइँको आजको राशिफल

आजको पात्रो : ११ असार २०७९, शनिवबार । तद्नुसार २५ जुन २०२२ । असार कृष्णपक्ष द्धादशी तिथि, भरणी नक्षत्र, कौलव करण, सुकर्मा योग, चन्द्रमा मेष राशिमा रहेको छ । नेपाल संवत ११४२ तछलागा द्धादशी । आज विहान ५:१० मा सूर्योदय हुनेछ भने ७:०३ मा सूर्यास्त हुनेछ । विहान ०८:३९ देखि १०:२३ सम्म राहुकाल रहेको छ । यो समयमा शुभकार्य गर्नुहुँदैन । आजको देवता इन्द्र र ग्रहदेव मंगल रहेको छ । शनिवारको दिन पिपलको बृक्षमा जल अभिषेक र शिवालय दर्शन यात्राले मनमा सन्तोष, आनन्द प्राप्त हुने मान्यता छ । ग्रहहरुमा सबैभन्दा कडा शनि मानिएको छ । त्यसैले शनिवारको दिन तन, मन शान्तिका अध्यात्मिक उपाय गर्नु उत्तम हुनेछ । विशेषगरी शनिवारको दिन नयाँ कामको शुरुवात गरिदैन । शनि ग्रह व्यक्तिको जीवनमा दु:ख कष्ट दिने मानिन्छ । त्यसैले शनिवारको दिन ध्यान, साधनामा समय विताउनु उत्तम हुनेछ ।

आजको राशिफल

मेष (चु।चे।चो।ला।लि।लु।ले।लो।अ )

व्यापार ब्यवसायबाट अर्थ लाभ नहुनसक्छ । परिवार र सन्तानबाट साथ सहयोग प्राप्त हुनेछ । परिवारको साथ सहयोगले तपाईको कार्य योजना सफल हुनेछन् । छोटो यात्राको अवसर प्राप्त हुनेछ । यात्राबाट तपाईलाई फाइदा हुनसक्छ । मध्यान्हभन्दा पहिले नैं यात्रा शुरु गर्नुहोला । आजको दिन सूर्योदयको दर्शन गर्दा तपाईको लागि शुभ हुनेछ । चन्द्रमाको साथ रहेको छ । तपाईको शुभ दिन हो आज ।

वृष (इ।उ।ए।ओ।वा।वि।वु।वे।वो)

वृष राशिका जातकका लागि आजको दिन व्यापार ब्यबसायमा सोचेअनुसार नहुनसक्छ । तपाईको सकारात्मक हुन जरुरी छ । आजको दिन आफूभन्दा ठूला व्यक्तिसँग भेटघाट गर्दा नयाँ कार्ययोजना तयार हुनसक्छ । आजको दिन विहान सूर्योदय र शिवालयको दर्शन गरेर मात्र दिनको कार्य शुरु गर्दा तपाईको भलो हुनेछ।

मिथुन (क।कि।कु।घ।ङ।छ।के।को।ह)

परिवार र आफन्तजनहरुले तपाईमाथि अनेक आरोप लगाउन सक्नेछन् । समय कष्टकर हुनेछ, मनमा निराशा उत्पन्न हुनसक्छ । मिथुन राशिमा जातकको लागि आजको दिन मौन र अनावश्यक काममा बाहिर नजानु वेश होला । परिवार र आफन्तजनसँग विवाद हुनसक्छ । कसैसँग विवाद हुने काम र कुरा नगर्नु होला।

कर्कट (हि।हू।हे।हो।डा।डि।डु।डे।डो)

पारिवारिक तनावका कारण चिन्ता हुनसक्छ । कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाई र तपाइँसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । यात्रा गर्दा पनि अनावश्यक खर्च हुनेछ । त्यसैले आजको शनिवार आफनो नियमित काममा ध्यान दिनु उत्तम हुनेछ ।

सिंह (मा।मि।मु।मे।मो।टा।टि।टु।टे)

आजको दिन सिंह राशिका जातकका लागि आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनसक्छ । आजको दिन नयाँ काम शुरु गर्दा सफल हुनेछ । मित्र र आफन्तजनसँगको भेटबाट तपाईलाई आर्थिक लाभ समेत हुनसक्नेछ । तपाईलाई मानसम्मान मिल्नेछ ।

कन्या (टो।प।पी।पू।ष।ण।ठ पे।पो)

तपाईको कारण आफन्तसँग सम्बन्ध विग्रन सक्छ । अध्ययन अध्यापनबाट सफलताप्राप्त हुनेछ । कन्या राशिका जातकले आज स्त्रीजातिको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । साना कन्यालाई केही खानेकुरा र बस्त्र दान दिनु होला । शिवालयमा जानुभयो भने फलफूल वितरण गर्नसक्नुहुन्छ ।

तुला (रा।री।रु।रे।रो।ता।ती।तु।ते)

आजको दिन हुने तपाईको यात्रा कार्यमूलक हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । कलाकारितामा र रचनात्मक काममा मन जानेछ । परिवारमा वा स्त्रीजातिहरुसँग विवाद हुनसक्छ, त्यसैले आजको दिन कार्य गर्दा जातकले सोच विचार गर्नु उत्तम होला ।

वृश्चिक (तो।ना।नि।नु।ने।नो।या।यि।यु)

यात्राको अवसर र नयाँ कामको संभावना बढ्ने छ । यात्रा गर्दा सूर्योदय भन्दा पछि र सूर्यास्त भन्दा पहिले यात्रा समापन गर्नुहोला । आजको दिन सकेसम्म कसैसँग विवाद हुने कुरा नगर्नुहोला । तपाईलाई विवादबाट हानी मात्र हुनेछ । आर्थिक हानी हुने संभावना छ । त्यसैले आजको दिन खर्च गर्नुभन्दा पहिले एक पटक सोच विचार गर्नुहोला । लाभ भन्दा बढी हानी हुनेछ ।

धनु (ये।यो।भा।भी।भु।ध।फा।ढ।भे)

आजको दिन आकस्मिक धनलाभ हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । आफन्त र परिवारजनबाट साथ सहयोग हुनेछ । त्यसैले आजको दिन तपाईलाई आजको दिन मानसम्मान समेत मिल्नेछ । सामाजिक र अध्यात्मसेवाका काममा लाग्नुहोला ।

मकर (भो।जा।जी।जू।जे।जो।ख।खि।खु।खे।खो।गा।गी)

आजको दिन सरस्वतीको आरधनाले तपाईलाई मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै आएको कामबाट मान सम्मान प्राप्त हुनेछ । दु:खका कुरा कम र हर्षका कुरा बढी गर्नु होला । सकारात्मक सोच राखेर काम गर्नुहोला । तपाईको लागि अनावश्यक आरोप पनि लाग्न सक्छ । त्यसैले आजको पारिवारिक यात्राले मन हर्षित हुनेछ ।

कुम्भ (गु।गे।गो।सा।सी।सु।से।सो।द)

तपाईलाई आज सामाजिक सेवाबाट मानसम्मान मिल्नेछ । आजको दिन शनिदेवको मन्दिरमा पुगेर दर्शन गर्दा उर्जा प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ। सामाजिक सेवाका काम गर्नु उत्तम हुनेछ । परिवारका जेष्ठ सदस्यलाई उपहार दिएर आशीर्वाद लिनु उत्तम हुनेछ । कन्यालाई भोजन दिनुहोला ।

मीन (दी।दु।थ।झ।ञ।दे।दो।च।ची)

अध्यात्मिक कार्यमा समय खर्च हुनेछ । आजको दिन अध्ययन अध्यापनमा समय विताउदा मीन राशिका जातका लागि फाइदा हुनेछ । रचनात्मक काममा समय खर्चनु भएमा तपाईको कार्यसिद्ध हुनेछ । परिवारमा खुसियाली छाउने छ । मानसम्मान मिल्नेछ । आजको दिन सामाजिक काममा समय खर्च गर्नुहोला ।