२०८२ असार ५ बिहीबार

राशिफल

चितवनमा ११ अर्ब ६४ करोड ९७ लाख ३९ हजार रुपैयाँ बजेट

चितवन : चितवन जिल्लाका साता पालिकाले आर्थिक वर्ष ०७९ र ०८० का लागि ल्याएको बजेटको कुल अंक ११ अर्ब ६४ करोड ९७ लाख ३९ हजार रुपैयाँ पुगेको छ । पालिकाहरुको कुल बजेटको झण्डै आधा हिस्सा भरतपुर महानगरपालिकाको छ । भरतपुरको ११औँ नगरसभामा शुक्रबार पाँच अर्ब ७४ करोड ४२ लाख ५६ हजार रुपैयाँको बजेट पेश भएको छ ।

बजेटको स्रोतमा आन्तरिक आय एक अर्ब ५० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट एक अर्ब ९२ करोड ११ लाख २९ हजार, केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँटबाट प्राप्त ५३ करोड ३१ लाख २७ हजार, जनसहभागिताबाट ३७ करोड, बैंक मौज्दात एक अर्ब ३० करोड, मर्मतसम्भार कोषबाट चार करोड, सडक बोर्ड नेपालबाट तीन करोड र जिल्ला समन्वय समिति चितवनबाट पाँच करोड रहने प्रक्षेपण गरिएको छ ।

चालु आर्थिक वर्षमा भरतपुरले चार अर्ब ८४ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ । पूरक र थप अख्तियारीसमेत गरी चालु आर्थिक वर्षको बजेट पाँच अर्ब ५१ करोड ७३ लाख ८८ हजार पुगेको छ । गत वर्षको सुरुआती बजेटको तुलनामा यस वर्षको बजेट रु ९० करोड बढी हो ।