२०८२ असार ८ आइतबार

राशिफल

विद्यार्थीहरूमाथि यौन दुरूव्यवहार गर्ने विद्यालय सञ्चालक पक्राउ

काठमाडौं : कास्कीमा विद्यार्थीहरूमाथि बाल यौन दुरूपयोग गरेको आरोपमा विद्यालय सञ्चालक पक्राउ परेका छन्।

माछापुच्छ्रे गाउँपालिका ४ स्थित ज्ञान ज्योती इङ्ग्लिस बोर्डिङ स्कुलका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको हो ।

४८ वर्षीय रामचन्द्र शाहीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले शुक्रबार पक्राउ गरेको हो।

उनले आफ्नै विद्यालयमा विद्यार्थीहरूमाथि बाल यौन दुरूपयोग गरेको आरोप छ।

जाहेरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। उनीमाथि बाल यौन दुरुपयोग, अप्राकृतिक मैथुन तथा बालबालिका सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ।