२०८२ जेठ २५ शनिवार

राशिफल

नेपाल भ्यालुयर्स एसोसिएसनको गण्डकी प्रदेश अध्यक्षमा लिगल

पोखरा : नेपाल भ्यालुयर्स एसोसिएसनको गण्डकी प्रदेश प्रथम अधिवेशनबाट प्रदेश कमिटी चयन गरिएको छ ।

ई. राजेन्द्र लिगलको अध्यक्षतामा एसोसिएसनको ११ सदस्यीय कमिटी चयन गरिएको केन्द्रीय सचिब ई दिनेश पाठक ले जानकारी दिनु भयो।उहाका अनुसार कमिटीको उपाध्यक्षमा ई. सुरेन्द्र बहादुर गोदार सचिवमा ई. राजेश भटराई  र कोषाध्यक्षमा ई. हरि प्रसाद अधिकारी चयन गरिएको छ ।त्यस्तै सदस्यहरुमा ई. आनद प्रसाद सापकोटा , ई. सुरेन्द्र पाण्डे , ई. कौशल चन्द्र जी सी, ई. राम चन्द्र पोख्रेल , ई. गणेश कडेल , ई. नबिन सुबेदी र ई. रमेश पौडेललाई चयन गरिएको छ ।

ई.राजेन्द्र लिगलको अध्यक्षतामा भएको अधिवेशनको प्रमुख अतिथि केन्द्रिय अध्यक्ष ई. ऋषि कोइराला प्रमुख अतिथि थिए । अधिवेशनमा ई. दिनेश पाठक सहित अन्य इन्जिनियर को पनि को पनि उपस्थिति रहेको थियो ।